काठमाण्डाै,२८ माघ । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हराएको छ ।
आज काठमाडौ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको पहिलाे खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हराएको हो ।
फ्रेन्ड्सका लागि सुशील साह र जोमुल एन्थोनी फ्रान्कोइसले दुई–दुई गोल गर्दा श्यामबाबु क्याप्छाकीले एक गोल गरे । ब्रिगेड ब्वाइजका लागि डेडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे ।
त्यस्तै आजको दोस्रो खेल बेलुका पौने पाँच बजे त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच हुदै छ ।






