काठमाण्डाै,२८ माघ ।
डेरी उद्याेगीहरूद्वारा दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गर्ने भएका छन् ।
निजी डेरी उद्याेगहरूले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रूपयाँ कायम गर्नेछ घाेषणा गरेका हुन् ।
निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग अर्थात् डेरीहरूको सङ्गठन नेपाल डेरी एसोसिएशन र डेरी उद्योग संघले आज संयुक्त विज्ञप्ति जारी गरि दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने जानकारी गराएका हुन् ।
अब दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ र आधा लिटरको मूल्य ३८ रुपैयाँ थियो । अब आधा लिटर रहेको एक प्याकेट दूधको मूल्य ४३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय गरेको थियो । सरकारी स्वमित्वको डीडीसीले लिटरमा नौ रुपैयाँ बढाउने निर्णय गरेको छ । तर डीडीसीले बढाएको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।






