दाङ,२८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का इरम फुटवेयरका सञ्चालक नजरदिन अली, उनकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका छन्
आगलागिमा सोही पसलमा काम गर्ने अन्दाजी १४÷१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृतकहरुको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
आज बिहान २ बजेदेखि लागेको आगोमा परेर एकै परिवारका तीनसहित पाँच जनाको मृत्य् भएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।






