पाल्पा,२८ माघ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाद्वारा आयोजित बक्तृत्वकला प्रतियोगितामा पाल्पा देउरालीको आदर्श माविका विद्यार्थी बसन्त भट्टराई प्रथम भएका छन् ।
प्रतियोगितामा गुल्मीको मुसिकोट नगरपालिका ३ चौर स्थित जनजागृति माविकी दिया थापा दृतिय भएकी छन् भने गुल्मीकै चन्द्रकोट गाउँपालिका शान्तिुर स्थित उदय माध्यामिक विद्यालयका प्रविण सुवेदी तृतिय भएका छन् ।
त्यस्तै प्रतियोगितामा गुल्मीकै रेसुङ्गा माविकी गृष्मा पाण्डे र जनज्योति मावि अरेवा गुल्मीका मिलन रायमाझी तृतिय भएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
“समृद्ध लुम्विनी प्रदेश निर्माणको आधार, शिक्षा क्षेत्रमा ब्यापक सुधार” बिषायक बक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेले १० हजार,द्वितीय हुनेले ७ हजार ५ सय,तृतीय हुनेले ५ हजार सान्त्वना हुनेले नगद २ हजार रूपया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पाल्पा र गुल्मी सहित १६ माध्यामिक विद्यालय सहभागिता रहेको थियो ।
समाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालको संयोजकत्वमा गठित ३ सदस्यीय निर्णायक मण्डलामा शाखा अधिकृत पुण्य न्यौपाने र तानसेन बहुमुखी क्यापसकी उपप्रध्यापक सकुन्तला घिमिरे रहेकी थिईन् ।







