बुटवल,२७ माघ ।
तानसेन–तम्घास सडक खण्डको जोर्ते भीरमा १५ दिनसम्म राती बाटो बन्द हुने हुने भएको छ ।

सडक विस्तारका लागि भन्दै तानसेन–तम्घास सडक खण्डको जार्ते भीरमा १५ दिन दैनीक राती ५.३० घण्टा सडक बन्द हुने भएको हो ।

सडक चौडा गर्ने प्रयोजनका लागि दैनीक राती ५.३० घण्टा सडक बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

निर्माण व्यवसायी प्रदिप साईन जेभीको आग्रहमा सडक चौडा गर्ने प्रयोजनका लागि सडक बन्द गर्ने निर्णय भएको सडक डिभिजन कार्यालयको सूचनामा जनाइएको छ । कार्यालयका अनुसार दैनीक राती ९ बजेबाट बिहान ३ः३० बजे सम्म सडक बन्द हुने छ ।

बन्द हुने समयमा कुनैपनि सवारी साधन सो सडकमा चल्न नपाउने सूचनामा जनाईएको छ । त्यस बाहेकको समयमा भने सडक किनारबाट सवारी आवागमन सुचारु हुनेगरि सडक निर्माणको काम अगाडी बढ्ने कार्यालयले जनाएको छ ।