कुनै गुनासो भए सिधै आफुलाई वा मन्त्रालयमा खबर गर्न आग्रह
बुटवल,२७ माघ ।
लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले बुटवलको बेलबास स्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् ।

मन्त्री ढेगाले बिहीबार बुटवल उपमहानगरपालिका वडा नं१३ बेलबासमा निर्माणाधीन यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती कार्यालय तथा ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री ढेगाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा कुनै गुनासो भए सिधै आफुलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् ।
सेवाग्राहीले सहज र छिटो छरीतो रुपमा सेवा प्राप्त गर्न पाउन भन्ने उदेश्यले संघीयता आएको भन्दै मन्त्री ढेगाले त्यसको लाभ प्रदेशका जनताहरुले लिन पाउनुपर्नेमा जोड दिइन् ।
प्रदेश सरकारले बेलबासमा निर्माण गरेको अन्तराष्ट्रिय मापदण्ड सहितको ट्रायल सेन्टरबाट केही दिन अघिदेखी लाइसेन्सको ट्रायल लिन सुरु भएको छ ।
अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।






