काठमाडौं,२७ माघ । नेपालमा बिहीबार थप १ हजारौं ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपाल काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या ११ लाख सात हजार ९८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार २३८ कोरोना संक्रमित निकाे भएका छन् भने १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म नाै लाख ३० हजार ६०७ जना काेराेना संक्रमित निको भएका छन् भने ११ हजार ८६४ जनाकाे मृत्यु भएको छ ।
संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढी काेराेना संक्रमित निकाे भएको मन्त्रालयले जनाएको छ ।

आज थप भएका संक्रमित मध्ये ३२९ जना काठमाणडाै उपत्यकाका हुन् ।

जसमध्ये काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० जना रहेका छन् ।