काठमाडौ,२६ माघ ।
नेपालमा बुधबार थप २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना काेराेना संक्रमित निकाे भएका छन भने १४ जनाकाे मृत्युु भएको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।
नेपालमा काेराेना भाइरस संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।