बुटवल,२५ माघ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले परिणाम देखिनै काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।
बैज्ञानिक गुरुयोजना बनाएर बजेट खर्च गर्नुपर्नेमा जाेड दिदै मुख्यमन्त्री केसीले बिना गुरूयाेवना र परिणाम नदेखिने खालका योजनामा बजेट खर्च नगर्न निर्देशन दिए ।
मंगलबारदेखि सुरु भएको प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री केसीले मन्त्री र सचिवहरुलाई उक्त निर्देशन दिएका हुन ।
जनताको कर र धेरै मेतहन गरेर संकलन गरेरको राजश्वलाई विना गुरुयोजना लगानी गर्ने र परिणाम नदेखिने कार्यमा खर्च नगर्न आग्रह गर्दै उनलेे जनताको आधारभूत आवश्यकता पुर्ति गर्ने र जनताको अवस्था बदल्ने कार्यमा लगानी गर्न निर्देशन दिए ।
जनताले अनुभूती गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिदै मुख्यमन्त्री केसीले सबै काममा नीजि क्षेत्रको सहभागीतामा कार्य गर्ने सरकारकाे योजना रहेकोले साेहि अनुसार योजनावद्व काम गर्नुपर्नेमा जाेड दिए ।
मुख्यमन्त्री केसीले सबै मन्त्रालयले एक्लै गर्ने भन्दा पनि अन्तरमन्त्रालयहरुले सहकार्य र समन्वय गरी काम अगाडि बढाउ न समेत निर्देशन दिए ।
मन्त्रालय एक्लैले काम गर्नु भन्दा सबैको सहकार्यमा गरेमा सिमित बजेटबाट पनि परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
छलफलको क्रममा मुख्यमन्त्री केसीले श्रम,राेजगार तथा यातायात मन्त्रालयका बारेमा भने–“लाइसेन्स पाउनको लागि अनियमितताबारे आउने जन गुनासोलाई निराकरणका लागि सम्वोधन गर्नुहोस्, सरकारले होइन बस सञ्चालनकालागि नीजि क्षेत्रलाई थप सुविधा दिनुहोस्, आम्दानी आउने मन्त्रालयले सेवा प्रवाहलाई छिटो छरिटो गर्नुहोस् जनताले कर तिर्दा सहज अनुभूति गरुन ।”
नागरिकको विकासको पहिलो आधार भनेको शिक्षा भएकाले शिक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्न शिक्षा मन्त्रालयलाई निर्दशन दिदै उनले भने–“जबसम्म नागरिक शिक्षित हुँदैनन् तबसम्म अन्य विकास नहुने भएकाले गुणस्तरीय शिक्षा प्रदानका लागि वतावरण बनाउनुहाेस् । ”
उनले लुम्बिनी प्रदेश विश्व विद्यालयलाई गौरवको योजनाकाे रूपमा अगाडि बढाउनुपर्ने बताए ।
जनताका अधाारभूत आवश्यकता असिमित भए पनि प्रदेशको विश्व विद्यालय निर्माण गराँ भन्दै उनलेे जुन कुरा हाम्रो गौरवको विषय बन्दछ त्यता ध्यान केन्द्रीत गर्नुपर्नेमा जाेड दिए ।
आफ्नो नेतृत्वमा सरकार गठनभएपछि मुख्यमत्री शैक्षिक सुधार कार्यक्रम लागु गरेको बताउँदै मुख्यमन्त्री केसीले शिक्षालाई आम नागरिकको मौलिक हकको रुपमा सुनिश्चत गरेकोले जनताले सहज रूपमा शिक्षा प्रदान गर्ने प्रदेश सरकारकाे योजना रहेको बताए ।
शिक्षाको बजेट मदरसाममा गएको भन्ने टिप्पणीको विषयमा मुख्यमन्त्री केसीले मुश्लिम समुदाय पनि यही देशका नागरिक भएकाले ती समुदायलाई शिक्षित बनाउने जिम्मेवारी पनि सरकारकै भएको बताए ।
आज भएको समीक्षा कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी कार्यालय, उर्जा जलश्रोत तथा सिचाई मन्त्री विरबहादुर रानामगर,भौतिक पूर्वाधार तथा विकास मन्त्री सहसराम यादव, कानून महिला, बालवाकिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर, बन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल,श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मती ढेंङ्गा, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री बसीउसीद्दीन खाँ, पर्यटन, ग्रामीण तथा शहरी मन्त्री डिल्लीबहादुर चौधरी, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाही, कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझी, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्य मन्त्री विमला वली लगायतको सहभागीता रहेको थियो ।
आज पहिलो दिन मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कानून महिला, बालवाकिला तथा जेष्ठ नागरिक मन्त्रालय, बन वातावरण तथा भू संरक्षण मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्राललयकाे प्रस्तुतिकरण भएको थियो ।
भोली बुधबार पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, प्रदेश पूर्वाधार प्राधिकरण, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रदेश योजना आयोगको प्रस्तुतिकरण रहको छ ।
समीक्षा पछि प्रदेश सरकारले आफ्नो प्रगति सार्वजनिक गर्ने गरी तयारी गरेको जनाइएको छ ।






