काठमाडौं,२५ माघ । नेपालमा मंगलबार थप १ हजार ९५७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४ हजार २१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जना संक्रमितकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ लाख २० हजार ५९२ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ८३८ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित रहेका छन् । ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।