नवलपूर,२३ माघ ।
नेपाली काँग्रेस (वी.पी.) पार्टिको नवलपुर जिल्ला कार्यसमिति विस्तार भएको छ ।
केन्द्रिय उपसभापति तथा गण्डकी प्रदेशका केन्द्रिय प्रतिनिधि भरत राज शर्माको उपस्थितिमा ११ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको सो पार्टीले जनाएको छ ।
जिल्ला कार्यसमितिमा सभापतिमा सुन्दर प्रसाद पंगेनी, उपसभापति राजु विश्वकर्मा, सचिव नव राज भट्टराई, कोषाध्यक्ष तारा कठायत, सह सचिव,छवि पौडेल सदस्यहरुमा धन बाहादुर बुढाथोकि, सागर विश्वकर्मा, प्रदिप थापा, जानुका खनाल, सुमित्रा विश्वकर्मा, सुरेन्द्र अधिकारी रहेका छन् ।
कार्यक्रममा केन्द्रिय उपसभापति तथा गण्डकी प्रदेशका केन्द्रिय प्रतिनिधि शर्माले पार्टीले माघ ७ गते देखि फाल्गुन ७ सम्म सातै प्रदेश र जिल्लामा राष्ट्रियता, शुसासन, समृद्धि र पार्टीको संगठन विस्तार तथा प्रचारात्मक राष्ट्रिय अभियानको रूपमा केन्द्रिय प्रतिनिधिहरु पठाइएको र पार्टीको संगठन विस्तारलाई तीव्रता दिदै प्रत्येक नेपालीको घरदैलोमा पार्टीको अवधारणा लैजाने बताए ।
शर्माले प्रजातन्त्र दिवस फाल्गुन ७ गते सातै प्रदेशको राजधानीमा केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइने जानकारी गराउदै त्यसको तयारी गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।






