पाल्पा,२१ माघ ।
पाल्पाको रैनादेवीछहरा गाउपालिका ५ मुझुङका चित्र वहादुर रायमाझीले आफ्नौ चौरासी पुजामा खर्च गर्न जम्मा गरेको रकम गरिव तथा विपन्न विधार्थीको शिक्षाका लागि प्रादन गरेका छन् ।

चित्र वहादुरको चौरासी पुजाका लागि आफ्ना छोरा नारायण रायमाझी लगायतले जम्मा गरेको एक लाख ५१ हजार रुपैया सोहि स्थानको कालिका मावीका विपन्न विद्यार्थीका लागि अक्षयकोष निर्माणका लागि प्रदान गरेको हो ।

कक्षा १ देखि १० कक्षा सम्म पढ्ने विपन्न विद्यार्थीहरुलाई प्रत्यक वर्ष छात्रवृत्ति दिने गरि विद्यालयसंग सम्झौता गरिएको रायमाझीले जानकारी दिए ।

विद्यालयका प्रध्यानाध्यापक सुवर्ण अर्घालीलाई एक कार्यक्रमका विच सो रकम स्वयं चित्र वहादुर रायमाझीले हस्तान्तरण गरेका हुन् ।

आर्थिक अभावका कारण कुनै पनि विपन्न परिवारका विद्यार्थीले पढाई छोड्न नपरोस् भन्ने उदेश्यले कोष स्थापना गरिएको छोरा तथा उक्त अक्षयकोषका संरक्षक नारायण रायमाझीले बताए ।

सोहि अवसरमा बुटवलमा बस्ने हर्क वहादुर कार्कीको परिवारले पनि आफ्नो बुवा आमाको स्मृतिमा १ लाख वराबरको अक्षयकोषका लागि रकम प्रदान गरेको विद्यालयले जनाएको छ । झण्डै ३ सय विद्यार्थीले पढ्दै आएको कालिका माबिमा अहिले कक्षा १० सम्म पठन पाठन हुदै आएको छ ।