पाल्पा,१४ माघ ।
जनप्रतिनिधि र वडा सचिबलाई कोरोना संक्रमण पुष्टि भएपछि पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ को सेवा कार्य स्थगित भएको छ ।
शुक्रबार गाउँपालिकामा कोभिड–१९ संक्रमण जाँच गर्दा वडा अध्यक्ष र सचिबलाई कोरोना संक्रमण पुष्टि भएकोले वडाबाट प्रवाह हुने सेवा कार्य यही माघ २० गतेसम्मका लागि स्थगित गरिएको वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीद्धारा जारी सूचनामा जनाइएको छ ।
पाल्पा जिल्लामा शुक्रबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्गमा उल्लेख छ ।







