बुटवल,१४ माघ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो ।

कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सिफारिस गरेको सीसीएमसीले सम्वद्ध उच्च अधिकारीले जानकारी दिए ।