बुटवल,१३ माघ ।
नेपालमा बिहिबार थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ७३६ र एन्टिजेन विधिबाट ६ हजार ७२ जनामा परिक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ८ लाख ३७ हजार ४ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।






