कपिलवस्तु,१२ माघ ।
लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले नेपाल नेत्र ज्योती संघ तौलिहवा आँखा अस्पताललाई कम्मल र मास्क हस्तान्तरण गरेका छन् ।
आज एक कार्यक्रमकाबीच ज्ञवालीले संघका अध्यक्ष रमेश शर्मालाई कम्मल र मास्क हस्तान्तरण गरेका हुन् ।

ज्ञवालीले विगत लामो समयदेखि यस क्षेत्रका विभिन्न अस्पताल, स्कुल तथा गरिब दुःखीलाई विभिन्न सहायता प्रदान गर्दै आएका छन् । कार्यक्रममा नेपाल नेत्र ज्योती संघ का प्रदेश सदस्य राजेश कुमार उपाध्याय, डा. प्रमोद यादव प्रशासस्कीय प्रमुख प्रशान्त कार्की लगायतको सहभागिता रहेको थियो ।