भैरहवा,१० माघ ।
भुमी ब्यबस्था आयोग रुपन्देहिका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गरेलगत्तै नेपाली कांग्रेस रूपन्देहिले स्वागत एबम बधाई दिदै भुमिहिनको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस रूपन्देहिका सभापती रामकृष्ण खाणले जिल्लामा लामो समय देखि भुमिहिनले जग्गा तथा लालपुर्जा नपाएकाले आयोगले अब तत्काल काम सुरु गरि समस्या समाधान गर्न आग्रह गरे ।
जिल्लामा कोहि पनि भुमिहिन हुन नहुने भन्दै उनले सबैलाइ आफ्नो भुमी भएको आभास हुनु पर्नेमा जाेड दिए ।
सो अबसरमा बोल्दै आयोग अध्यक्ष आचार्यले आफू भुमिहिनको समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने बताए । एक दुई बर्ष भित्रमा रुपन्देहिमा सबै भुमिहिनको जग्गा र लालपुर्जा हुने उनलेे बताए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश ससदीय दलका प्रमुख सचेतक फकुरुदिन खान, नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ३ का क्षेत्रीय सभापती सुशील गुरुङ, सचिब लेखनाथ भट्टराई, प्रदेस सभापती सुरेन्द्र थापा लगायतको सहभागित रहेको थियो ।