बुटवल,६ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीमगरले ओमीक्रोनको त्रास देखाएर सरकार एमसीसी पास गर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी,रुपन्देहीद्वारा बिहीबार जिल्ला पार्टी कार्यालय मंगलापुरमा आयोजना गरेको पार्टीको ३१ औं स्थापना दिवस कार्यक्रममा बोल्दैं महासचिव अस्लामीले सरकार जनतालाई कोरोनाको त्रास देखाएर संसदबाट एमसीसी पास गर्ने खेलमा लागेको आराेप लगाएका हुन् ।
एमसीसीको विरुद्ध मुलुकमा आन्दोलन चर्किन लागेको बेला २५ जना भन्दा बढि सहभागि नहुंन भन्दैं सरकारले कोरोनाको डण्डा लगाएको उनको टिप्पणी थियोे ।
आन्दोलनकैं बलमा एमसीसी संसदबाट पास गर्न नदिने भन्दैं उनलेे न्याय र स्वाधिनताका लागि जनमुक्ति पार्टी जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।
असक्षम दलहरुकैं कारण मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दैं उनले अहिले अन्य दलहरु जनमुक्तिले उठाएको एजेण्डामा हिड्नु गर्वको विषय भएको बताए ।
कार्यक्रममा राष्ट्रिय महिला मोर्चाका केन्द्रीय महासचिव धनी आलेले अब हुंने चुनाबबाट राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय पार्टीका रुपमा उदाउने दावी गरिन् ।
पार्टीका लुम्बिनी थरुहट मगंरात प्रदेश समितिका अध्यक्ष झमबहादुर गुरुङले देशका नदि–नाला बेच्ने र एमसीसी पास गर्न खोज्ने नेतालाई देश निकाला गर्नुपर्ने बताए ।
पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर थापामगरको अध्यक्षता तथा सचिव दिलमाया गुरुङको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका संघीय सभा सदस्य क्या. नरजंग गुरुङ,नेपाल मगर महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामी लगायतले जनमुक्ति पार्टी ले उठाउदै आएका मुद्वाहरू अहिले आएर अरू पार्टीहरूले उठाउन थालेकाेले जनमुक्ति पार्टीको एजेन्डा अग्रगामी भएको पुष्टि भएको बिचार ब्यक्त गरे ।
यसैबीच पार्टी महासचिव अस्लामीले पार्टीको तिलोतमा नगर समितिको पार्टी कार्यालय उद्घाटन गर्नुका साथैं पार्टीको झण्डात्तोलन समेत गरेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना २०४७ साल माघ ६ गते आजकैं दिन भएको थियो ।






