बुटवल,६ माघ । छोरा छोरी बराबरी भन्ने मान्यतालाई सार्थक बनाएका छन् नम्रता खरेल (पौडेल) र उनकी दिदी चुनरानी शर्माले ।
छोरा नभएको खण्डमा आफैले जन्माएको छोरिलाइ दागबत्ती र क्रिया कर्मबाट बन्चित गरि अर्को पात्र खडा गरि क्रियाकर्म गर्ने पुरानो रुढीवादी परम्परालाई तोड्दै शास्त्र र समाजमा छोरिप्रती रहेका विभेदलाइ अन्त्य गर्ने प्रयास गरेका छन् यि दिदी बहिनीले ।
हिन्दुधार्मिक रितिरिवाज अनुसार सेतो घुम्टोमा स्वर्गिय आमाको पशुपात क्षेत्रमा काजकिरिया गर्ने दिदीबहिनी समाजका लागि उदाहरणि पनि हुन् ।
गत पौष २९ गते काठमाण्डौंमा उपचारका क्रममा आमा मनरुपा खरेलको ८९ वर्षको उमेरमा निधन भएको थियो । आमाको दुःखद देहावसानपछि मर्माहत भएकी छोरी नम्रता र उनकि दिदि चुनरानी शर्माले स्व.आमाको पशुपति आर्यघाटमा हिन्दुपरम्परा अनुसार दाहा संस्कार गरेका हुन् । दुई दिदीबहिनीले छोरासरह आफैले स्व.आमार्लाइ दागबत्ती समेत दिएका थिए । स्व.आमा मनरुपा खरेल र उनका पति जयनारायण खरेलका छोरा भनेपनि छोरी भनेपनि ति दुई दिदिबहिनी मात्रै रहेका कारण उनिहरुले छोरासरह दाहसंस्कार र किरियाकर्म गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव समेत रहेकी नम्रता खरेलले आमाको अन्त्यष्टिमा आफैले दागबत्ती दिएको उल्लेख गर्दै नम्रताले भनिन्—`बाबा आमाले हामीलाई छोरा र छोरी भन्ने फरक महसुस कहिल्यै हुन दिनुभएन भने हामीले पनि छोरा र छोरीबिचको बिभेद अन्त्यका लागि छोरा सरहनै आमाको अन्त्यष्टि र किरियाकर्म गरेका छौं ।`
आमा बाबाको हेरबिचार, उपचार, स्याहार सुसारमा कुनै कमि आउन नदिएको दावी गर्दै नम्रताले समाज रुपान्त्रणमा छोरा छोरी बराबरी भन्ने मान्यतालाई आत्मसाथ गर्नु पर्ने बताइन । ३ जना दिदीबहिनीमा जेठी दिदीको निधन भैसकेको र आफुहरु दुई दिदीबहिनीले छोराको कर्तव्य निर्वाह गरेको उनलेे बताइन् ।
आजभोली समाज अलिकति रुपान्तरित त भएको छ तर पनि छोरीलाई गर्वमै तुहाउने काम झनै धेरै बढेको छ । छोरा पाउनै पर्ने नत्र वंश धान्ने कोही हुदैन भन्ने रुढीवादी परम्परा तोड्नका लागि र आफ्ना सन्तानलाई पनि छोराछोरी बरावरी हुन भन्ने शिक्षा दिनका लागि पनि आफुले यो कदम चालेको नम्रताकोे भनाई छ ।
विगत लामो समय देखि दमको रोगी आमाको उपचारमा कुनै कमी हुन दिएका थिएनौं एक्कासी निमोनिया देखियो अस्पताल भर्ना गरिम आमा फर्किनु भएन चुनरानी शर्माले बताइन ।
उनिहरुले पशुपति आर्यघाटमा नै क्रियाकर्म गरिरहेका छन् ।
छोराहरु नभएपनि छोरीहरुले आमा बाबालाई कहिल्यै छोराको अभाव महसुस हुन नदिएको नम्रताका ९१ बर्षिय पिता जयनारायण खरेलले बताए । छोराले मात्रै वंश धान्न सक्छ भन्ने समाजलाई यि दुई छोरीले चुनौती समेत दिएको खरेलको भनाई छ । स्व. खरेलका ९ जना नातीनातीना समेत रहेका छन् ।