नष्ल सुधारका नाममा स्थानीय जातका बाख्रा लाेप हुनसक्नेमा चिन्ता
बुटवल,४ माघ । आज प्रथम राष्ट्रिय बाख्रा दिवस “नेपाल ,बाख्रा सँग सँगै हामी ” भन्ने नाराका साथ मनाइएको छ ।
नेपालमा यस वर्षदेखि राष्ट्रिय बाख्रा दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा मंगलबार बुटवलमा पनि एक कार्यक्रमकाे आयोजना गरि मनाइएको छ ।
नेपाल व्यवसायीक बाख्रा पालक महासंघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाे संयुक्त आयोजनामा मंगलबार बुटवलमा पनि प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएकाे हो ।
कार्यक्रममा बोल्ने सरोकारवालाहरूले नेपालमा बाख्रा पालन व्यवसाय फस्टाउंदै गए पनि लागत कम गर्नुपर्ने चुनाैती रहेको बताए । नष्ल सुधारको नाममा स्थानीय जातका बाख्रा लाेप हुनसक्ने चिन्ता ब्यक्त गरे ।
उक्त कार्यक्रममा कृषि, खाद्य तथा प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपंक्षी महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बाख्रापालन व्यवसायले गरिवी निबारणमा सहयोग पुराएको बताउदै बाख्रा पालनलाई आय आर्जनको माध्यम बनाउँदै नश्ल, आहारविहारमा सुधार गर्न सके उत्पादन बृद्धि गर्न सकिने बिचार ब्यक्त गरे ।
नेपालमा बाख्रापालनकाे अबस्था र व्यवसायबारे कार्यपत्र प्रस्तुत गर्दै उनले बाख्रा पालनबाट नेपालको राष्ट्रिय आयमा ३ प्रतिशत योगदान रहेको बताए । मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि महाशाखाका प्रमुख अमरराज घिमिरेले कृषि तथा पशुजन्य उत्पादनमा कमी आउंदा देश परर्निभर हुंदै गएको बताउदै ब्यवसायीक बाख्रा पालनलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।
पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक परवेज आलमले नेपालकाे भाैगाेलिक अवस्था सुहाउँदो स्थानीय जातका बाख्रा पालन गर्नुपर्ने बिचार ब्यक्त गरे ।
पशु चिकित्सक लोकराज भुसालले मासुबाट देशलाई आत्मनिर्भर बनाउन नविनतम् प्रविधिको प्रयोग गरी किसानहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिन प्रदेशका अध्यक्ष तेज प्रसाद पाठकले धेरै उत्पादन गर्ने नाममा अस्वस्थ तरिकाले माशु बिक्रीवितरण गर्न नहुने भन्दै त्यसका लागि ब्यवस्थित बधशाला आवश्यक रहेकोमा जाेड दिए ।
कार्यक्रममा नेपाल व्यवसायीक बाख्रा पालक महासंघ रूपन्देहीका अध्यक्ष सुनिल अर्यालले बाख्रा आम्दानीको अभिन्न अंग भएको भन्दै ब्यवसायीक बाख्रा पालनमा युवाहरूलाई आकर्षित गर्नुपर्नेमा जाेड दिए ।
नेपाल व्यवसायीक बाख्रा पालक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीको अध्यक्षता र लुम्बिनी प्रदेश कृषि,खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्रलयका सचिव डा.शान्ता कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
पछिल्लो समय भारतबाट बाख्राकाे आयात कम हुदै गए पनि अझै पनि वार्षिक ७० हजार बाख्रा आयत हुँदै आएको जनाइएको छ ।
लुम्बिनी प्रदेशसहित अन्य प्रदेश र विभिन्न जिल्लामा पनि आज राष्ट्रिय बाख्रा दिवस मनाईएको नेपाल व्यवसायीक बाख्रा पालक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य रेग्मीले जानकारी दिए ।






