बुटवल,३ माघ ।
जन्मदिन मनाउन फजुल खर्च गर्न छाडेर पछिल्लो समय सामाजिक कार्यमा खर्च गर्ने भावनाको विकास भएको छ ।

यसैक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहेकी नेपाल ब्युटिशियन संघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति रुपन्देहीकी अध्यक्ष शान्ति तिमिल्सेना शर्माले आफ्नो जन्मदिनको अवसरमा बुटवल स्थित मानव सेवा आश्रममा आश्रीतहरुलाई भोजन दान गरेकी छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा सो रकम मानवीय सेवामा खर्च गर्नु उपयुक्त हुने ठानेर आफुले आश्रममा आश्रीतहरुलाई भोजन दान गरेको शर्माले बताईन ।

सो अवसरमा आश्रमका अभिभावक सेरबहादुर गौतमले पछिल्लो समय जन्मदिनको अवसरमा आश्रममा भोजन दान गर्ने कार्यको शुरुवात भएकोमा खुसी ब्यक्त गर्दै फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा सो रकम मानवीय सेवामा खर्च गर्नु उपयुक्त हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य पार्वती कुँवर क्षेत्री,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु सापकोटा,नेपाल ब्युटिशियन संघकी केन्द्रीय सदस्य पार्वती अधिकारी, नेपाल ब्युटिशियन संघ नवलपरासी अध्यक्ष मञ्जु खत्री,मोनालिसा ब्युटीपार्लर बुटवलकी सञ्चालक शान्ता ढुंगाना लगायतले जन्मदिनको अवसरमा आश्रममा आश्रीतहरुलाई भोजनदान गरेकोमा शर्मालाई धन्यवाद दिएका थिए ।
आश्रममा १७६ जना आश्रीत रहेका छन् ।