सुर्खेत,२ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ का ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट रहेका छन् । उनिहरू घरमै मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
घटना शुक्रवार रातिकै भए पनि हिजो बेलुका मात्रै सार्वजनिक भएको हो । घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।









