स्याङ्जा,२८ पुस ।
स्याङ्जाको वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको १६ महिने छोरा साइमन गुरुङको चक्कु प्रहार गरी हत्या भएको छ ।
हत्या भएको
हत्यामा संलग्न भएको अभियोगमा सोही घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना गुरुङ पनि घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने बिषयमा अझै खुलिनसकेको र घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






