बुटवल,२५ पुस ।
ट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले लोकराज पोखरलेको अध्यक्षतामा निबिरोध नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमाबसन्त खडका सचिवमा अर्जुन कुमार भुसाल, र कोषाध्यक्षमा दीपक थापा चयन हुनु भएको छ । समितिको सदस्यमा डिल्लीराम रिजाल, रुमाखर गौतम, लिला श्रेष्ठ, शंकर लम्साल, प्रकाश कुमार पुन, यम बहादुर जिसी र भूमिराम गैरे गोपाल चयन भएको निर्वाचन अधिकृत यमलाल भुसालले जानकारी दिए । समितिको लेखा समिति संयोजकमा यादव प्रसाद पाठक र सदस्यमा विष्णु कंडेल,र रविन खरेल चयन भएका छन् ।

यसअघि साधारण सभा तथा अधिबेशनमा वोल्ने वक्ताहरुले यातायात व्यवसायीलाई आर्थिक समस्या पर्दा सहज रुपमा आर्थिक जोहो गराउने लक्ष्य सहित स्थापना गरिएको सहकारी भएकाले सोही अनुसार वुझन शेयर सदस्यहरुलाई आग्रह गरेका थिए ।

सहकारीका संस्थापक अध्यक्ष खडानन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी ट्रक यातायात समितिका अध्यक्ष विष्णु खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, वदलिदो बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश गैरे लगायतले सहकारीको महत्वका वारेमा प्रकाश पारेका थिए ।