विमला गौतम
बुटवल, २३ पुस ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अर्घाखांचीको भुमिकास्थान नगरपालिका ४ धारापानीमा वित्तीय साक्षरता अन्तर्गत डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

धारापानीको शान्ति माबिमा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थी र बिद्यालयका शिक्षकहरुको सहभागीतामा बैंकले डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसी,धारापानी बैंकका ईन्चार्ज बिश्वमणी अधिकारी र सिमा थापाले डिजिटल प्रबिधिको प्रयोग, डिजिटल बैंकिङका फाइदा,बचत र बचतबाट हुने लाभलगायत बैंकले प्रदान गर्ने बिभिन्न सेवा सुबिधाहरुको बारेमा सहजीकरण गरेका थिए ।

बैंकले यसअघि जिल्लाका बिभिन्न स्थानहरुमा डिजिटल साक्षरता सम्बन्धी तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख केसीले जानकारी दिए ।
– प्रशिक्षार्थी पत्रकार ।