बुटवल,२४ पुस ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघी पर्वको दिन एैतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा माघे संक्रान्तिक मेला तथा कला सांस्कृतिक खाना महोत्सव गर्ने भएको छ ।
संघले बुटवलमा गदै आएको सडक खाना मर्होत्सव स्थलमा यस वर्ष सडक निर्माण कार्य जारी रहेकाले आयोजना गर्न नसकेकोमा खाना महोत्सवलाई निरन्तरता दिदै पर्यटनलाई पहाडसंग जोडेर अगाडी बढाउने अभिप्रायले नुवाकोट डाडालाई रोजेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ ।
माघे संक्रान्ति मेला तथा कला सांस्कृतिक खाना महोत्सवलाई आर्थिक रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीले सर्पोट गर्ने र उक्त कार्यालयमा पहाडी जिल्लाकोमात्र वजेट वांकी रहेकोले सोको व्यवस्थापनका लागि नुवाकोट गढीलाई रोज्नु परेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए
सरकारी वजेटको सदुपयोग गदै पर्यटन प्रवद्धनका लागि पहाडका डाडाकाडावाट हल्ला गर्न र डाडा काडालाई रंगाउन तथा नुवाकोटगढीको महिमावारे उजागर गर्नका लागि नुवाकोट गढीमा मेला संचालन गर्ने निर्णमा पुगेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए ।
मेलामा पुरै परमपरागत शैलीको घरेलु परिकार खाना मर्होत्सवमा राख्न समेत उनले आग्रह गरे ।
एैतिहासिक स्थलमा आयोजना गरिने मेलामा नुवाकोटको विशेषतालाई ध्यानमा राखेर यसलाई निरन्त्रता प्रदान गर्न जरुरी रहेको होटल व्यवसायी महासंघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले बताए ।
होटल व्यवसायी पर्यटन व्यवसायको अभिन्न अंग भएकाले पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा पर्यटकीय एवम एैतिहासिक स्थलवाट मेला महोत्सव शुरु गर्नु निकै राम्रो कुरा भएको होटल तथा रेक्ष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निर्वमान अध्यक्ष समुन्द्र जिसीले बताए ।
एक दिने खाना तथा सांस्ृकतिक महोत्सवमा माघी स्वादका परिकार पस्कने र सांगितिक कार्यक्रम गरेर मनाउनका लागि विभिन्न उपसमिति गठन गरी कामलाई तिव्रता प्रदान गरिएको संघका महासचिव माधव कुमार खनालले जानकारी दिए । महोत्सवमा नेपाली परम्परागत खानाका परिकार र राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने पर्यटन उपसमितिका संयोजक बावुराम गौतमले बताए ।






