बुटवल,२४ पुस ।
रास्ट्रिय जनमुक्ति पार्टीले एमसीसीको बिरोधमा शनिबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।
पार्टीले सञ्चालन गरेको जनता जागौं अभियान अन्तर्गत शनिबार भैरहवामा प्रदर्शन गरेको हो ।

भैरहवाको मिलन चोकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै पार्टीका महासचिब टोप अश्लामी मगरले एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै एमसीसी खारेजीको विकल्प नभएको बताए ।
भ्रष्टाचार नियन्त्रण गर्न सके नेपालको विकासका लागि बिदेशीको मुख ताक्नुर्ने अबस्था नरहेको भन्दै महासचिब अश्लामीले भ्रष्टाचारीलाई देश द्रोह सरह कारबाही गरेर भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रिय कोषमा जम्मा गर्नुपर्नेमा जोड दिए ।
रास्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीद्धारा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सचिब मोबिज अली,पार्टीका जिल्ला उपाध्यक्ष टेक बहादुर गुरुङ,जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा ,पार्टीका सिद्धार्थनगर अध्यक्ष प्रेम बहादुर गुरुङ,मगर महासंघ नेपालका अध्यक्ष छत्र दर्लामी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
प्रदर्शनकारीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाईदैन, भ्रष्टाचारिलाई फासि दे जस्ता प्ले कार्ड बोकेका थिए ।






