बुटवल,२३ पुस ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयद्धारा आयोजित तीन दिने सार्वजनिक खरिद ऐन सम्बन्धी तालिम आजदेखि रुपन्देहीको मंगलापूरमा सुरु भएको छ ।
कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक यामनारायण देवकोटाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत राम प्रसाद पाण्डेले तालिमको उपयोगिता र महत्वको बिषयमा प्रकास पारेका थिए ।
निर्देशनालय मातहतका कृषि ज्ञान केन्द्र,पशु विज्ञ केन्द्र,तालिम केन्द्र,विउविजन प्रयोगशालामा कार्यरत प्रमुख,लेखा तथा खरिद इकाई प्रमुख गरी ४२ जनाको सहभागिता रहेको तालिममा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवाली र तालिम केन्द्रका प्रमुख प्रशिक्षक श्रीधर पन्थीले सहजिकरण गर्ने जनाइएको छ ।
तालिम उद्घाटन कार्यक्रम निर्देशनालयका कृषि प्रसार अधिकृत आशा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सार्वजनिक खरिद ऐन सम्बन्धी बिषयमा आवस्यक जानकारीको अभावमा ऐन बिपरितका काम कारबाही नहोस् भन्ने उदेश्यले सम्बन्धित निकायका प्रमुखहरुलाई त्यस बिषयमा तालिम दिइएको बरिष्ठ कृषि प्रसार अधिकृत पाण्डेले बताए ।






