बुटवल,२० पुस ।
रुपन्देहीको गैडहवामा जेष्ठ नागरिक अपाङ्गता भाएकाहरुलाई साम्मान तथा न्यानो कपडा बितरण गरिएको छ ।
नमस्ते बाल बचाउ नेपाल बुटवल–४ रुपन्देही र गैडहवा गाउँपालिका वार्ड न ८ को आयोजनामा गैडहवा ८ को कार्यलयमा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएकाहरुलाई सम्मान गर्नुका साथै न्यानो कपडा बितरण गरिएको हो ।
सो अवसरमा एकल महिला र आपांगता भएका तर आपांगता कार्ड न भएकाहरुलाई समेत न्यानो कपडा बितरण गर्नुका साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बच्चुलाल केवटले नमस्ते बाल बचाउ नेपाल र वार्ड न ८ ले गरेको कामको प्रशंसा गर्दै स्वास्थनै ठुलो धन भएकोले चिसो बाट बच्न न्यानो कपडा लगाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा ४३५ जाना लाई न्यानो कपडा बितरण गर्नुका साथै ७० बर्ष मथिका ५३ जनालाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको थियोे ।
वडा अध्यक्ष अध्यक्ष भुवन बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा देविमया थापाले स्वागत मन्तब्य राखेकी थिइन् ।






