काठमाण्डौ,१८ पुस ।
नेपालमा आइतबार थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी सात हजार ६३१ जनाको नमुना परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २०९ जना कोरोना संक्रमित निको भएका छन भने दुई जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म आठ लाख १२ हजार ४१९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार पाँच सय ९६ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले नेपालमा चार हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार आठ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म एक करोड चार लाख ९६ हजार जनाभन्दा धेरैले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ४१ लाख १८ हजार २७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।