बुटवल, १५पुस ।
उज्ज्वल युवा क्लब बुटवल –१६ डहरगाउले बुटवल –१६ नरैनापुर अधारभुत विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष महेन्द्र सुबेदीको सभापतित्व र बुटवल उपमहानगरपालिका उपप्रमुख गोमा देवि आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले क्लबले गरेको अमुल्य कार्यप्रती धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा पनि यस्तै उदाहरणीय कार्य गर्ने विश्वास ब्यक्त गरिन् ।

“जीवन अमुल्य छ,बाचौँ र बचाऔ “ भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा कुल ५९ पोका रगत जम्मा भएको क्लबका सचिव पंकज शर्मा गौतमले जानकारी दिए ।

कार्यक्रममा विभिन्न समाजसेवि ब्यक्तित्वहरुले क्लबले गरेको कार्यको प्रशंसा गर्दै आफुहरुबाट क्लबलाई सधै सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाएको क्लबका निवर्तमान अध्यक्ष दिपक चालिसे जानकारी दिए ।

रक्तदान कार्यक्रमलाई फोर्टी ईन्टरनेसनल प्रा.लि,सेमलार जनरल स्टोर,दृस्टि अटोमोबाईलस लगाएतले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।