बुटवल,१५ पुस ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले आज बुटवलको रामनगरमा तमु ल्होसार पर्व मनाएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशकां कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले प्रदेश सरकार सबै समुदायको भाषा–कला,संस्कार,संस्कृति संरक्षणमा प्रतिवद्ध रहेको भन्दै सबै जात–जातिका चाड पर्वलाई प्रदेश सरकारले सम्मान गरेको बताइन् ।
परिषद्ले बुटवलमा निर्माण गरिरहेको गुरुङ सांस्कृतिक सभाहललाई गुरुङ संग्राहलय बनाउंन आग्रह गदैं उनले त्यसका लागि संघीय सरकारले बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरिन् ।
लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले जातीय पहिचानका लागि भाषा,कला तथा संकार–संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिदै आफुहरुको पहलमा गुरुङ भवन निर्माणका लागि संघीय सरकारले ५० लाख वजेट छुट्टाएको जानकारी दिइन् ।
नेपाल मगर संघकी केन्द्रीय कोषाध्यक्ष कमला थापामगरले जातीय चाडपर्वमा विदाको भिख माग्नु विभेद भएको भन्दैं सबै प्रकारको विभेद अन्त्यका लागि आन्दोलन जारी राख्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा परिषद्का सल्लाहकार क्या.टेकबहादुर गुरुङ,परिषद्का केन्द्रीय सदस्य भपटबहादुर गुरुङ लगायतले बिगतको दुई तिहाइको सरकारले कटौती गरेको ल्होसार बिदा बर्तमान गठबन्धन सरकारले पुनस्र्थापीत गरिदिएकोमा खुसी ब्यक्त गरेका थिए ।






