पोखरा,१५ पुस ।
र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

उनलाई लागूऔषध सम्बन्धी कसूरमा बुधबार पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।