बाँके,१५ पुस ।
बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोटको खाँडाचक्र नगरपालिका–४ का धर्मप्रसाद भट्टराई सहित उनको परिवारका चार जना रहेका छन् ।
को अस्पतालको क्वाटरमै ज्यान गएको हो ।

अस्पतालको क्वाटरमा गएराति कोइला बालेर सुतेका धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इप्सन, दिदी कोली भट्टराई र धर्मप्रसादकी सासु कोकिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

मृतक धर्मप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा दिवस र भाई नरेन्द्रको भने उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु कोठामा कोइला बालेर सुतेका थिए । झ्याल ढोका बन्द भएकाले उनिहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।