काठमाण्डौ,१४ पुस ।
नेपालमा बुधबार थप देशभर दुई सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी सात हजार ६०८ जनाको नमुना परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५३ जना कोरोना संक्रमित निको भएका छन भने दुई जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म आठ लाख ११ हजार ५१९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५९० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले नेपालमा चार हजार ८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।