रौतहट, १३ पुस ।
रौतहटको गौर–चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कारमा ८ जना सवार रहेको र मृतको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।