बुटवल,१० पुस । तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले विविध कार्यक्रम सहित पुष १५ गते ल्होसार पर्व मनाउने भएको छ ।
परिषद्ले सरसफाई अभियान, रक्तदान, दिपावली, ल्होसार पर्वको अवसरमा जनचेतना मोटरसाइकल ¥यालीी र पुष १५ गते मूल समारोह गरेर ल्होसार पर्व मनाउन लागिएको छोजधीका रुपन्देही जिल्ला अध्यक्ष बिमला तमुले जानकारी दिइन् ।
मूल समारोह नेपाल सरकारका शहरी विकास मन्त्री राम कुमारी झाँक्रीकाे प्रमूख आतिथ्यतामा सम्पन्न हुने तमुह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका जिल्ला सचिव ओम प्रकास तमुले बताए ।
तमु समुदायले यसवर्ष गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्दै ल्होसार पर्व मनाउने जनाइएको छ ।






