बुटवल,१ पुस ।
लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अन्य सरकारी विद्यालयहरुले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट पाठ सिकेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कालिका रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खाँले उक्त कुरा बताएका हुन् ।

कालिकाले लगातार तीन बर्षसम्म उत्कृष्ठ नतिजा ल्याएर पुस्कृत हुन सफल भएको भन्दै उनले राष्ट्रमै उत्कृष्ठ नतिजा ल्याउने विद्यालयलाई प्रदेश सरकारले कुनै किसिमको अभाव हुन नदिने प्रतिवद्धता ब्यक्त गरे ।

जिल्लाका अन्य विद्यालयहरुले पनि कालिकाबाट पाठ सिकेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताउदै मन्त्री खाँले शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा प्रदेश सरकारले विद्यालयहरुलाई आवस्यक सहयोग गर्ने बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा, खेल संयोजक हरिस वली लगायतले विद्यालयको शैक्षिक तथा खेल क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

विद्यालयले ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता सहितका कार्यक्रम गरी सप्ताहब्यापी रुपमा मनाउन लागेको ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए ।

छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए ।

कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु र ६० जना प्रशिक्षकहरु सहभागी हुने छन ।

बार्षिकोत्सवकै अवसरमा विद्यालयको सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायतका कार्यक्रम समेत आयोजना गरिएको प्रधानाध्यापक थापाले बताए ।

विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना कार्यरत रहेका छन ।