बुटवल,१९ मंसिर ।
रुपन्देहीको कञ्चन गाउपालिकामा सञ्चालित कञ्चन जेसिजको ब्राण्ड भ्वाईस अफ कञ्चन सिजन ३ को उपाधी पुर्णिमा थापाले हात पारेकी छिन।
२५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बुद्धदीप आवासिय ईंलिस बोर्डिंग स्कुलकी पुर्णिमा थापाले भ्वाइस अफ कञ्चन सिजन ३ को उपाधी हात पारेकि हुन् ।
उपाभिसँगै उनलेे नगद १० हजार रुपैया सहित शिल्ड प्राप्त गरिन।
यसैगरी उपविजेता सरस्वती माध्यमिक बिधालयकी सृजन रिजालले नगद ८ हजार रुपैया र शिल्ड तथा तृतिय हुन सफल प्रगती माध्यमिक बिधालयका सफल शार्मले ६ हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधार्थीहरुको क्षमता कक्षा भित्र पढाइने नियमित सिकाइले मात्र मापन गर्न नसकिने बताए । फरक फरक बिधार्थीहरुको फरक फरक क्षमता हुने भन्दै उनलेे ती क्षमताहरुलाई उजागर गर्न कञ्चन जेसिजकाे भ्वाइस अफ कञ्चन उदाहरणिय रहेको उल्लेख गरे
यस्तै नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा कञ्चन जेसिजका निरुपित उपाध्यक्ष कल्पना पाण्डेले नेपाल जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व बिकास संगै युवाहरुमा उधमशिलता र विश्व बन्धुत्वको भावनाको बिकास गर्ने एक मात्र साझा संस्था भएको भन्दै व्यक्तित्व र नेतृत्व बिकासका लागि १८ बर्ष देखि ४० बर्ष उमेर समूहका लागि साझा विश्व विद्यालय भएको बिचार ब्यक्त गरिन् ।
कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२१ का आई पि पि बाबुराम पौडेलले युवाहरुलाई समाजमा देखिएका बिकृति र बिसंगती बिरुद्ध सचेत बनाउन र उनिहरु भित्र रहेको अन्तर निहित नेतृत्व र ब्यक्तित्व बिकासका लागि हरेक अभिभावक तथा शिक्षकहरुले आफ्ना नानी बावुहरुलाई जेसिजमा आवद्ध गराउन उत्प्रेरित गर्न आवस्यक रहेको बताए ।
कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जेसिज सप्ताह कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार राजन शर्माले गरेका थिए ।
जेसिज सप्ताह कार्यक्रम अन्तर्गत कञ्चन जेसिजले आयोजना गरेको भवाइस अफ कञ्चन सिजन ३ को वक्तृत्वकला प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि अडिसन राउण्ड सञ्चालन गरी १० जना प्रतिस्पर्धीहरुलाई छनौट गरिएको थियो ।
कञ्चनका बिधार्थीहरुको अन्तरनिहित क्षमताको बिकास र युवाहरुको नेतृत्व, ब्यक्तित्व र उधमशिलताको बिकासका लागि सञ्चालित भ्वाइस अफ कञ्चन सिजन ३ का लागि लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालय र गजेडी माध्यमिक बिधालयमा अडिसन राउण्ड सञ्चालन गएिको थियो ।






