पोखरा,१९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको नतिजा संस्थापन इतर पौडेल पक्षकाे पाेल्टामा गएको छ । प्रदेशको मतपरिणामबाट पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएपछि गण्डकी प्रदेश पौडेल पक्षको पाेल्टामा पुगेको हो ।

मतगणनाको अन्तिम परिणाममा सभापतिमा पौडेल समूहका शुक्रराज शर्माले ६ सय १२ मत प्राप्त गरेर विजयी भएका छन् भने देउवा पक्षका अर्जुन जोशीले ५ सय २८ मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा दुइटै स्याङ्जाका तर फरक फरक समूहबाट विजयी भएका छन् । उपसभापतिमा संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् ।

महामन्त्रीमा विष्णु लामिछाने, सहमहामन्त्री अन्तर्गत महिला सह महामन्त्रीमा कोपीला रानाभाट र खुला सहमहामन्त्रीमा रमेश कुमार र रामचन्द्र जोशी पनि विजयी भएका छन् ।

सदस्यहरुमा अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।