पोखरा,१४ मंसिर ।
भैरहवाबाट बागलुङ जादै गरेको बस कास्कीमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
कास्कीकाे अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बागलुङका शिवराम शर्मा,कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय,दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए ।

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।