स्याङ्गजा,१० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज जिल्ला अधिवेशन हुदैछ । जिल्ला नेतृत्वका आकांक्षीहरूले उम्मेदवारी घाेषणा गर्ने क्रम सुरु भएको छ ।
यसैक्रममा लेखराज पाण्डेय ( प्रदिप)ले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।
स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजारमा आज हुने अधिवेशनमा पाण्डेयले जिल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेको पाण्डेले जानकारी दिए ।
२०४२ सालको सत्याग्रह आन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गरेका पाण्डेले नेपाली कांग्रेसमा युवा पुस्ताको सहभागिता र नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बता।
जिल्लामा नेतृत्व चयनको लागि २ प्यानल चुनावी मैदानमा छन । सभापति पदको लागि प्रकाश मल्ल र राजु थापाले उम्मेदवारी दिएको निवार्चन अधिकृतले जानकारी दिए ।
स्याङ्गजा जिल्लामा २३ सय प्रतिनिधिले निर्वाचनमा मतदान गर्ने छन ।






