बुटवल,३० कार्तिक ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण बुटवल लगायत देशभरकाे जनजिवन प्रभावित भएको छ ।

बन्दका कारण बुटवलबाट छुट्ने लामो तथा छाेटाे दुरीका सार्वजनिक सवारीसाधन छुटेका छैनन भने अन्यत्रबाट पनि कुनै सार्वजनिक सवारीसाधन बुटवल भित्रिएका छैनन् ।
बुटवलका मुख्य बजारका पसलहरू बन्द रहेका छन् भने भित्री सडकका केही पसलहरू मात्रै खुलेका छन् ।
सार्वजनिक सवारीहरू नचले पनि निजी सवारी साधन भने फाट्टफुट्ट गुडिरहेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिकाे बिराेधमा नेकपाले आज नेपाल बन्द आह्वान गरेको हाे ।