बुटवल,९ भदौ ।
रुपन्देहीका बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको करिब १९ लाख ६० हजार ४ सय ४० मूल्य बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब १९ लाख ६० हजार ४४०। मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिद्धार्थनगर, रोहिणी, मायाँदेवी, कोटहीमाई, बुटवल उपमहानगरपालिका लगायतका स्थानबाट भन्सार छली ल्याएका सामाग्री बरामद गरेको हो । भन्सार छली गरी ल्याएका धेरै सामाग्री लत्ता कपडा ,चप्पल, खाद्यान्न, चिनी फलफूल ,औषधि रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।