बुटवल,२९ कार्तिक ।
लुम्बिनी प्रदेश सभाले बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेश सभाको नवौं अधिवेशनको १२ औं बैठकले बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक संशोधन सहित पारित गरेको हो ।

प्रदेश सभामा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दै प्रदेशका बन,वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले प्रदेशमा रहेको बन जंगलको सूरक्षा गर्दै बन जंगलको समुचित ब्यवस्थापन गरी प्रदेश र देशकै समृद्धिमा योगदान पुर्याउने उदेश्यले बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक ल्याइएको भन्दै विधेयक पारित भएपछि प्रदेशका साथै देशकै समृद्धिमा योगदान पुग्ने बिश्वास गरे ।

विधेयकमाथि संशोधन दर्ता गराएका प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले प्रदेश सरकारले बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक ल्याउनु सकारात्मक भएको भन्दै विधेयकमा रहेका कतिपय बुँदा संशोधन गरेर पारित गर्दा विधेयक थप ओझिलो र जनमुखी हुने बताएका थिए ।

यसअघि अर्का संशोधनकर्ता दीपेन्द्र कुमार पुनले आफुहरुले राखेको संशोधन र प्रदेश सभा सदस्य भुवनेश्र चौधरीले राखेको संशोधन एउटै प्रकृतिको भएको भन्दै आफ्नो संसोधन फिर्ता लिएका थिए ।