काठमाण्डौ,२९ कार्तिक ।
नेपालमा कोरोना भाइरसको संक्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४०२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका ४०२ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १७ हजार ३३३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित निको भएका छन भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म सात लाख ९८ हजार ५४४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ४७८ जनाको मृत्यु भएको छ ।

अहिले नेपालमा सात हजार ३११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७५ लाख ८० हजार १३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ८८ लाख ७६ हजार ३०७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । १८ वर्षमाथिको जनसंख्याको ३८ प्रतिशत नागरिकले पूर्ण मात्रा र ४४ दशमलव ६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।