बुटवल,२९ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले सदनमा गाइजात्रा देखाएर अरुलाई उपदेश नदिन पुर्ब मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका छन् ।

आज बसेको प्रदेश सभाको नवौं अधिवेशनको १३ औं बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सदनमा गाइजात्रा देखाएर अरुलाई उपदेश नदिन पुर्ब मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतमा मुद्धा बिचाराधीन रहेको बिषयलाई लिएर नेकपा एमालेले निरन्तर प्रदेश सभाको बैठक अबरुद्ध गरेर गाइजात्रा देखाएको भन्दै मुख्यमन्त्री केसीले लोकतान्त्रिक मुल्य मान्यता र प्रचलीत कानून बिपरीत सदनमा गाइजात्रा देखाउनेले अरुलाई लोकतान्त्रिक मुल्य मान्यता र कानूनको पाठ सिकाउनुको कुनै अर्थ नरहने बताए ।

अदालतमा मुद्धा बिचाराधीन रहेको बिषयलाई लिएर सदनमा कुरा उठाउन नमिल्ने संवैधानीक व्यवस्था रहेको भन्दै मुख्यमन्त्री केसीले अदालतमा मुद्धा बिचाराधीन रहेको बिषयलाई लिएर सदन अबरुद्ध गर्नु लोकतान्त्रिक पद्धती र कानूनी दुबै दृष्टिकोणले जायज नभएको भन्दै असल प्रतिपक्षको भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह समेत गरे ।

तत्कालिन अबस्थामा एमाले संसदीय दलका नेता शंकर पोखरेलले आफु नेतृत्वको सरकार टिकाउन अबैधानीक तरिकाले अर्को दललाई फुटाएर आफैले दलको मान्यता दिने जस्तो अराजनीतिक हर्कत गरेको भन्दै मुख्यमन्त्री केसीले अर्को दलको सदस्य भैसकेको ब्यक्तिलाई कारबाही गर भन्दै सदन अबरुद्ध गर्नु संसदीय मुल्य मान्यता र व्यक्तिको बैयक्तिक र राजनीतिक स्वतन्त्रता बिरुद्धको कार्य भएको बताए ।

आफुले मात्रै कानून जानेको, अरु कसैलाई कानूनको बारेमा जानकारीनै छैन,मैले जे भन्यो त्यही कानून हो भन्ने दम्भ देखाएकै कारण एमालेले दुई तिहाई नजिकको संघीय सरकार र प्रदेश सरकार गुमाउनु परेको भन्दै उनले आफुले बाहेक अरु कसैले केही जानेकै छैन भन्ने दम्भ नदेखाउन समेत पूर्व मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेलाई आग्रह गरे ।

पुर्ब मुख्यमन्त्री शंकर पोखरेलले भने जस्तै पूर्ववर्ती सरकारले अगाडी सारेका महत्वपूर्ण आयोजनाहरुको बजेट कटौती नगरेको दाबी गर्दै मुख्यमन्त्री केसीले प्रदेशका गौरवका आयोजनाहरुलाई बजेटको अभाव नहुने बताए ।

पूर्ववर्ती सरकारले बनाएको नौ मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाए पनि पूर्ववर्ती सरकारको भन्दा चालु खर्च ३ प्रतिसत कम र पुँजिगत खर्च ३ प्रतिसत बृद्धि गरेको बताउदै मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढाए पनि चालु खर्च कम गर्नु आफैमा उपलब्धिमूलक भएको बिचार ब्यक्त गरे ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक आग्रह पुर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरुमा बजेट कटौती गरेको आरोप लगाएका थिए ।