लक्ष्मी पाण्डे भैरहवा,२८ कार्तिक ।
हरेक क्षेत्रको विकासका लागि समानता मात्र नभई समताको पनि आवश्यक पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन ।
अपांगता भएका व्यक्तीहरुको राजनैतिक अधिकार तथा पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा रुपन्देही जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भन्डारीले अपांगता भएका व्यक्तीले निर्वाचन सम्बन्धी अधिकार पाउँनुपर्ने कानुनी प्रावधान भएर मात्र नहुने बताए । यदि अपांगता भएका व्यक्तीहरुलाई निर्वाचनमा उठाउने नै हो भने उनीहरुलाई के के आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिदै त्यसको व्यवस्था मिलाउन पर्ने उनको भनाई थियो ।
कार्यक्रमको सहजीकरण गदै भण्डारीले संवैधानिक ब्यबस्था,राष्ट्रि«य तथा अन्तराराष्ट्रि«य कानुन, अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त भौतिक संरचना तथा सुचना सेवा निर्देशिका र अपांगता भएका व्यक्तीहरुप्रति निर्वाचन आयोगको भुमिकाका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रमका सहभागीहरुले मतदाता परिचय पत्रमा अपाङ्गता भएका ब्यक्ती उल्लेख गर्न पर्ने,निर्वाचनको समयमा अपांगता भएका व्यक्तीहरुका लागि सहज बनाउन यातायातको व्यवस्था हुनुपर्ने, बहिरा तथा जटिल प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति दोभासे तथा सहयोगी को व्यवस्था हुनुपर्ने , मतपत्रमा ठुलो आकारमा र दृस्टीबिहिन मैत्री छापिनु पर्ने, निर्वाचनको अवधिमा कर्मचारी खटाउदा अपांगता भएका व्यक्तीहरुलाई पनि समेट्नुपर्ने,निर्बाचनमा पर्यवेक्षक खटाउदा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने ,भोटिङ कार्यलाइ विद्युतिय मतदानको व्यवस्था गर्न र अपाङ्गता मैत्री मतदान स्थल निर्माण गर्नुपर्ने कुरामा जोड दिएका दिए ।
नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले अपांगता भएका व्यक्तीहले पनि निर्वाचनमा पाउनुपर्ने अधिकारको लागि निर्वाचन आयोगबाट सहयोग जुटाईदिन पहल गर्न आग्रह गर्दै अपागंगता भएका व्यक्तीहरुलाइ निर्वाचनको समयमा सहयोग कक्ष नै स्थापना गरेर सहयोग गर्न माग गरे ।
नेत्रहिन युवा संघ रुपन्देहीको आयोजना ,युएसएआइडी , आइएफएसका सहयोग र नेत्रहिन युवा संघ नेपालको समन्वयमा भैरहवामा सम्पन्न कार्यक्रममा रुपन्देहीका विभिन्न अपांगता भएका ब्यक्ति र रुपन्देही निर्वाचन कार्यलयका कर्मचारी गरी १९ जनाको सहभागीता रहेको थियो । सस्थाका फिल्ड स्टाफ अस्मिता क्षेत्रिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा क्षेत्रिले संस्थाको परिचय तथा कार्यक्रमबारे जानकारी गराएका थिए भने परियोजना प्रशिक्षक टिकाराम घिमिरेकको सञ्चालनमा सम्पन्न भएको थियो ।





