बुटवल,२८ कार्तिक ।
नेपालमा आइतबार थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर र १ हजार ५९८ जनाको एन्टिजेन परिक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर बिधिबाट ८ लाख १६ हजार ९६६ र एन्टिजेन बिधिबाट ९५ हजार ८७ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित निको भएका छन भने थप ६ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ९८ हजार २७४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ४७७ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।






