बुटवल,२८ कार्तिक ।
पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ ।
अखिल क्रान्तिकारी रुपन्देहीले बुटवलको बेलबासमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।
चक्काजामका कारण पुर्व पश्चिम राजमार्गको बुटवल सालझण्डी सडक खण्डमा सयौं सवारी साधन रोकिएका थिए ।
सरकारले पेट्रोलियम पदार्थको मृल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले मृल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहदीले मृल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा विप्वल नेतृत्वको नेकपाले कार्तिक ३० गते नेपाल बन्दको घोषणा समेत गरेको छ ।






